कैलाली – कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ।
बिहीवार दिउँसो खोलामा साथीहरूसँग पौडी खेलिरहेका बेला स्याउलेका जनक थापामगरका छोरा प्रविन थापामगर पानीमा डुबेका थिए। डुबेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्थानीय नदी तथा खोलामा बालबालिकालाई एक्लै जान नदिन प्रहरीको अनुरोध छ। गर्मीयाममा यस्ता घटनाहरू दोहोरिन नदिन अभिभावक सतर्क रहनुपर्ने देखिन्छ।











