युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, वैशाख ११ – बैतडीका स्थानीय तहहरूले नागरिकता प्रमाणपत्रका लागि अनलाइन सिफारिस दिने कार्य सुरु गरेका छन्। जिल्लाका १० मध्ये ६ स्थानीय तहमा अहिले अनलाइनमार्फत नागरिकता सिफारिसको सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन्।

उनका अनुसार शिवनाथ र पञ्चेश्वर गाउँपालिका, मेलौली, पाटन, दशरथचन्द र पुर्चौडी नगरपालिका अनलाइन प्रणालीमार्फत सिफारिस सेवा दिन थालेका हुन्।

प्रजिअ उपाध्यायका अनुसार यो व्यवस्था सुरु भएपछि वडाबाटै अनलाइन सिफारिस दिइने भएको छ, जसले गर्दा सेवाग्राहीलाई आवश्यक कागजात अभावमा जिल्ला प्रशासन कार्यालय पुगेर खाली हात फर्किनुपर्ने समस्या हटेको छ।

पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले अनलाइन प्रणालीले अभिलेखीकरण सजिलो बनाउनुका साथै सेवा प्रवाहमा छरितोपना ल्याएको बताए। “अब सेवाग्राहीले सबै कागज तयार गरेर मात्रै प्रशासन कार्यालय जान सक्छन्,” उनले भने।

शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले वडाबाटै आवश्यक कागज पुग्यो वा भएन भन्ने थाहा हुने भएकाले सेवा लिन आउँदा सेवाग्राहीलाई निकै सहज भएको बताए।

बाँकी स्थानीय तहहरूमा पनि चाँडै अनलाइन सेवा सुरु हुने जनाइएको छ। केही वडाहरूमा इन्टरनेट पहुँच र आवश्यक कर्मचारी अभावका कारण ढिलाइ भएको भए पनि, शीघ्र कर्मचारी अभिमुखीकरणमार्फत सेवा विस्तार गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासन कार्यालयका अनुसार अनलाइन प्रणालीले झुटा वा कीर्ते विवरणमार्फत नागरिकता लिने सम्भावना रोक्नेछ, साथै सेवा प्रवाहमा पारदर्शिता र विश्वसनीयता पनि बढ्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय