कैलाली – धनगढी उपमहानगरपालिका–१३ का दुई किशोर आइतवार लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार नजिकै बा ६४ प ९३४२ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्ने किशोरहरूसँग ७ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।











