कैलाली, – कैलालीको टीकापुर नगरपालिका–१ खडकचोकमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।
२३ वर्षीय प्रविन भाटले चलाएको से ३ प २०३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा १० वर्षीय जोन तिरूवा घाइते भएको प्रहरीले जनाएको छ। घटनामा तिरूवाको नाक, मुख र बाँया खुट्टामा चोट लागेको छ।
घटनापछि चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालकको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।











