
डडेलधुरा — डडेलधुराको आलिताल गाउँपालिका–३ सहरी दुलामा शुक्रवार बिहान भएको आगलागीमा एक गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय राम दत्त भट्टको गोठमा बिहान आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल क्षति भएको डडेलधुरा प्रहरीले जनाएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।
प्रहरीले आगलागीको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।