युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, वैशाख ५ – डोटी जिल्लाको बडिकेदार गाउँपालिका–२ बर्छेनस्थित डाँडामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा साेही ठाउँ बर्छेनका २४ वर्षीय नरेश सार्की रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।

बिहिबार राति करिब ८ बजे जंगलमा सिकार खेल्न गएका नरेश सार्कीको भरुवा बन्दुक पड्किँदा बडिकेदार गाउँपालिका–१ स्थित बेडुपाटा खोलाको किनारमा घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी खड्यौली, डोटीले जनाएको छ।

प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार साेही ठाउँ रजेडाका बासिन्दा ४८ वर्षीय कमल सिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा बन्दुक पड्किएको र गोली नरेश सार्कीको दायाँ छातिमा लागेर ज्यान गएको पुष्टि भएको छ।

प्रहरीले घटनासँग सम्बन्धित रहेकामा शंका लागेका १० जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमा पक्राउ पर्नेमा कमल सिंह खड्कासहित खेम खड्का, तारा सिंह खड्का, तेजेन्द्र भाट, अमर शाह, चक्र भाट, सुनिल बम, गणेश ब. घर्ती मगर, मान ब. शाह र जुलेश नामजाली मगर रहेका छन्।

आज बिहान ३ बजेदेखि घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय