
धनगढी: कैलालीकाे धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ।
एसईई परीक्षाका क्रममा चिट चेकिङको बहानामा शिक्षकले अनुचित व्यवहार गरेको आरोपसहित एक किशोरीले प्रहरी प्रधान कार्यालयमा उजुरी दिएकी छिन्। उजुरीमा परीक्षाको दौरान आफूसहित अन्य साथीहरूमाथि पनि शारीरिक दुर्व्यवहार भएको उल्लेख छ।
उक्त उजुरी बुधबार कैलाली जिल्ला प्रहरी कार्यालयमा पुगेको हो। प्रहरीका अनुसार उजुरी प्राप्त भएसँगै अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। यस क्रममा परीक्षा केन्द्रमा खटिएका शिक्षक र कर्मचारीहरूसँग सोधपुछको तयारी भइरहेको बताइएको छ।
प्रहरीले घटनाको निष्पक्ष छानबिन गरिने जनाएको छ।