
कैलाली, बैशाख १ गते
कैलालीको लम्कीचुहा नगरपालिका–३ ढुङ्गेबजारमा भीषण आगलागी हुँदा एक परिवार ठूलो क्षतिमा परेको छ।
शनिवार भीम बहादुर पोख्रेलको दुईतले कच्ची घरमा अचानक आगलागी भएको हो। प्रहरीका अनुसार विद्युत् सर्टको कारण भएको आगलागीले घरमा रहेको ११ आना सुन, लुगाकपडा, अन्न, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन्।
यस आगलागीबाट पोख्रेल परिवारलाई करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ।
सुदूरपश्चिमको ग्रामीण क्षेत्रमा भएको यो घटनाले पीडित परिवारलाई गम्भीर असर पारेको छ।