
डोटी, चैत ३१ – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक १५ वर्षीया किशोरी रूखबाट लडेर घाइते भएकी छन् ।
घाइते हुनेमा स्थानीय काली कोली रहेकी छन् । उनी शनिबार बिहान करिब साढे ८ बजे घर नजिकैको भीमलको रुखमा डाले घाँस काट्ने क्रममा अचानक चिप्लिएर रुखबाट लडेकी छन् । जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार उनकाे टाउकोमा चोट लागेकाे छ ।
उनकाे जिल्ला अस्पताल डाेटीमा उपचार भैरहेको छ ।