अछाम, चैत २३ – अछाम जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठानमा मासु अड्किएर एक पुरुषको मृत्यु भएको छ। मृतक ४२ वर्षीय डम्बर बहादुर कुँवरको वयलपाटा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो।
स्थानीय स्तरमै काटिएको खसीको मासु पकाएर खाने क्रममा आज बिहान करीब ११ बजे कुँवरको घाँटीमा मासु अड्किएको थियो। अड्किएको मासुका कारण उनी बेहोस भइपछी तत्कालै वयलपाटा अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजे उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ।











