डाेटी – सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको सीताराम बहुमुखी क्याम्पस, उच्चाकोटको स्ववियु अध्यक्षमा पुनः उमेश बलायर निर्वाचित भएका छन्। यस पटकको स्ववियु निर्वाचनमा नेविसंघको टिम सर्वसम्मत निर्वाचित भएको हो। अध्यक्ष बलायर सहित उपाध्यक्षमा मनिषा कुमारी भट्ट (रोस्यारा), सचिवमा ललित बहादुर साउद, सह-सचिवमा लक्ष्मी कुमारी विक, कोषाध्यक्षमा कविता कुमारी बलायर तथा सदस्यहरूमा टिकेश्वरी जैसी, शोभा बलायर, माया बलायर, यशोदा कुमारी भट्ट, शारदा खडक, र लालमनी भट्ट निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत चेतराज भट्टका अनुसार स्ववियु कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।











