कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीस्थित महेन्द्र शाहीद्वारा सञ्चालित भैरव गोसारी किराना पसलमा मङ्गलबार आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विद्युत् तार सर्ट भएर आगलागी भएको हो। घटनामा काउण्टर, किराना सामग्री लगायत अन्दाजी ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।











