डडेल्धुरा— डडेल्धुराकाे अमरगढी नगरपालिका–8, डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ।
आइतबार अमरगढी नगरपालिका–8 की २६ वर्षीया निर्मला भूल जिपबाट ओर्लने क्रममा खसेर गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सदरमुकामबाट बैतडीतर्फ गइरहेको से १ ज ७३९ नम्बरको जिपका चालक, बैतडीको सिगास गाउँपालिका–5 ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











