
काठमाडौं – राजधानीमा राजावादी प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
विशेषगरी तीनकुने क्षेत्रमा केन्द्रित राजावादी प्रदर्शनले उग्र रूप लिएपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। यसै सन्दर्भमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
सरकारले पछिल्लो अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय बैठकको एजेन्डा रहेको अनुमान गरिएको छ।