
काठमाडौं – राजधानीको तीनकुने मा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय सविन महर्जन को मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजाल ले पुष्टि गरेका छन्।
महर्जन दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान तथा नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति को प्रदर्शनमा सहभागी थिए।
प्रदर्शनस्थलमा स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली प्रहार गरेको थियो, जसका कारण महर्जनको ज्यान गएको बताइएको छ। घटनापछि तीनकुने क्षेत्रमा अझै तनाव कायम छ।