
१५ चैत, काठमाडौं – सरकारले राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन परिचालन समिति का कमाण्डर दुर्गा प्रसाईं लाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ।
गृह मन्त्रालयका सहसचिव छवि रिजाल ले शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा सरकारको तयारीबारे जानकारी गराएका हुन्। “दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,” उनले भने।
सरकारको यो निर्णय हालैका हिंसात्मक प्रदर्शनहरूलाई ध्यानमा राख्दै आएको हो।