कञ्चनपुर / कञ्चनपुरको त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मङ्गलवार ११ लाख २० हजार मूल्य बराबरका ११ थान कागजात नभएका मोटरसाइकल बरामद गरेको छ।
प्रहरीले यी मोटरसाइकलहरू भन्सार छलीका रुपमा पत्ता लगाएको हो। बरामद गरिएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।











