
काठमाण्डौ / राष्ट्रिय सभा सदस्य पदका लागी सिफारिस भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम मनोनीत भएका छन् । उक्त पदमा मनोनित भए संगै गौतमले पद तथा गोपनीयताको सफथ लिएका छन् ।
गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहदरवारमा पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
भाद्र २९ गते सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेता गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय अनुसार गरेको थियो । आज विहिबार राष्ट्रपति विधादेवी भण्डारीले गौतमलाई मनोनीत गरेकी हुन् ।