
काठमाडौं – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ।
दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले ६.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्र बनाउन सक्यो। दुवै टोली फाइनल दौडबाट बाहिरिसकेका छन्।
त्यस्तै, रुपन्देहीको एक्स्ट्रा टेक ओभल स्टेडियममा भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै एपिएफले फाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ। जितको लागि २२४ रनको लक्ष्य पछ्याएको एपिएफले ४१.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेटको नोक्सानीमा २ सय २३ रन बनाएको थियो।
रुपन्देहीको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल टाइ भएको छ। मधेशले टस जितेर ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २४६ रन बनायो। २४७ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १ बल बाँकी छँदा अल आउट हुँदै २४६ रनमै रोकियो, जसका कारण खेल टाइ भयो।
त्यसपछि सुपर ओभर खेलाइयो, जसमा गण्डकी प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै महत्वपूर्ण जित निकाल्यो।