
सिलगढी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत आइतबार दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्नेछन्। नेपाली समयअनुसार यो खेल दिउँसो ३:४५ बजे हैदरावादमा सुरु हुनेछ।
त्यस्तै, दोस्रो खेलमा पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्स र गत सिजनको उपविजेता चेन्नई सुपर किंग्स आमनेसामने हुँदैछन्। यो खेल साँझ ७:४५ बजे चेन्नईमा हुनेछ।
आईपीएल २०२५ को उद्घाटन खेल शनिबार भएकाे हाे । जसमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शानदार सुरुवात गरेको छ।