
सिलगढी / डाेटीमा ट्याक्टरकाे ठक्करबाट एक महिला घाइते भएकी छन् । बुधबार साँझ सात बजेकाे समयमा जिल्लाकाे दिपायल सिलगढी नगरपालिका ४ सहिद स्मृति मावि राजपुर स्थित से.२ त. २३४० नं. को ट्रयाक्टरले ठक्कर दिँदा साेही ठाउँकि २९ वर्षीय नम्रता केसी घाइते भएकाे डाेटी प्रहरीले जनाएको छ ।
रानागाउँ देखी दिपायल तर्फ आउँदै गरेको ट्याक्टरले बाटोमा हिडिरहेको अवस्थामा केसीलाई ठक्कर दिएकाे हाे । घाइते उनकाे बायाँ खुट्टामा चोट लागेकाे छ । घाइते केसीकाे उपचारको सुजङ्ग अस्पताल राजपुर डाेटी भैरहेको छ ।
चालक कैलालीकाे घोडाघोडी नगरपालिका १२ नकफोडुवा बस्ने वर्ष २६ को राजेश चौधरी रहेका छन् ।