
सिलगढी /डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका इन्द्र राणा विजयी भएका छन् । आज मङ्गलवार सम्पन्न भएको निर्वाचनमा इन्द्र राणा नेतृत्वको प्यानलसहित विजयी भएको स्ववियु निर्वाचन समिति डाेटी बहुमुखी क्याम्पसले जनाएको छ ।
अनेरास्ववियुका सुरेश रोकायालाई पन्छाएर विजयी राणाले २२१ दाेब्बर मत प्राप्त गरेर विजयी भएका हुन् ।
राणाका प्रतिद्वन्द्वी राेकायाले ११० र अखिल क्रान्तिकारी तथा अखिल समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरे ।
सचिव पदका उम्मेदवार अखिल समाजवादीका हरिस बोगटीलाई पछ्याउँदै २१९ मत प्राप्त गरी नेपाल विद्यार्थी संघका साजन रावल विजयी भएका छन् । हरिषले जम्मा ११० र अनेरास्ववियूका मोहन ऐरले ९५ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्षमा २२० मत सहित नेपाल विद्यार्थी संघका दिपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी ईश्वरी मलासीले ११५ मात्रै प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी रुकमणी विष्टले ७७ मत प्राप्त गरिन् ।
त्यस्तै सदस्यहरूमा क्रमशः रबिन्द्र भण्डारी, हरिस साउद, उषा धामी, धर्म सीँ बम, र पुष्कर बोहरा, विजयी भएका छन् ।
डोटी बहुमुखी क्याम्पसमा ५८० मत सङ्ख्या रहेकोमा ४३१ मत खसेको थिए ।