
बझाङ । क्यान्सर राेगका कारण बझाङ बुङ्गल नगरपालिका–१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज वीरबहादुर धामीको निधन भएको छ । वर्तमान समयमा गोदावरी नगरपालिका–२,अत्तरिया बस्दै आएका धामीकाे बुधबार मृत्युको हाे ।
उनी लामो समयदेखिको क्यान्सर रोगकालडिरहेका थिए । धामी २०५४ सालदेखि दहबगर स्वास्थ्य चौकीमा सेवा गर्दै आएका थिए ।
२०७४ सालदेखि बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा संयोजक समेत रहेका उनी पुनः २०७६ सालदेखि २०८१ साल मङ्सिरसम्म दहबगर स्वास्थ्य चौकीको इन्चार्जको रूपमा कार्यरत थिए ।