
काठमाण्डौं, बल्खु – आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट जनप्रशासन क्याम्पस, बल्खुका लागि अध्यक्ष पदमा अग्रबहादुर शाहीकाे उम्मेदवारी रहेकाे छ ।
“विद्यार्थीको आवाज, परिवर्तनको आधार” भन्ने नाराका साथ अगाडि बढ्दै, अनेरास्ववियुले शाहीलाई अध्यक्ष पदमा, शंकर दुवेलाई सचिव पदमा, र गिताञ्जली गुरुङलाई कोषाध्यक्ष पदमा उम्मेदवारको रूपमा अघि सारेको छ।
त्यस्तै अनेरास्ववियुले संगठनले सम्पूर्ण प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरूलाई एकजुट हुन आह्वान गरेको छ।
स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीति सक्रिय बनेको छ। अनेरास्ववियुले आफ्नो उम्मेदवारहरूको पक्षमा व्यापक समर्थन जुटाउने जमर्को गरिहेकाे छ ।