युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी, फागुन २७ गते । बैतडीमा शिशु मृत्युदर कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार आव २०७८/७९ मा ४३ नवजात शिशु, आव २०७९/८० मा ११ जना, २०८०/८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ । योसँगै आव २०८०/८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१/८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।” उहाँका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन् । प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उहाँले बताउनुभयो । बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन् । यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ ।

हटेन रूढिवादी परम्परा

स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिस भट्टका अनुसार पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा मृत्यु भएका दुई जना प्रसूति महिला धामीझाँक्रीलाई देखाइएको पाइएको छ । समाजमा अहिले पनि रूढिवादी परम्परा कायमै रहेकाले यस्ता कुरीति हटाउन स्थानीय तहले धामीझाँक्रीलाईसमेत सचेनामूलक तालिम दिन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले बतउनुभयो ।    गाेरखापत्रअन्लाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय