युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

इक्वेडरको लागूपदार्थ तस्करी गिरोहका प्रतिद्वन्द्वी समूहहरूबीच बिहीबार हिंसात्मक बन्दरगाह सहर गुयाक्विलमा भिडन्त हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सहरमा आन्तरिक झडपको शृङ्खलामा अन्य तीन जना घाइते भएका छन् । स्थानीय प्रहरीले विज्ञप्तिमा पहिले १२ जनाको मृत्यु भएको बताएको थियो ।

एक प्रहरी स्रोतका अनुसार गोली हानाहानमा लस टिगेरोन्स नामक गिरोहका विरोधी समूहहरू संलग्न थिए । उक्त गिरोह यस पहिले शान्तिपूर्ण देशमा सबैभन्दा शक्तिशाली गिरोहमध्ये एक हो ।

इक्वेडर लागुऔषध तस्करी, अपहरण र फिरौतीमा संलग्न अनुमानित २० आपराधिक गिरोहहरूको घर हो । यिनीहरूले विश्वको सबैभन्दा ठूला कोकिन उत्पादकहरू पेरु र कोलम्बियाबीचमा रहेको एक करोड ८० लाख जनसङ्ख्या भएको इक्वेडरमा विनाश मच्चाइरहेका छन् ।

पछिल्ला वर्षहरूमा इक्वेडर गुयाक्विल जस्ता बन्दरगाहहरू मार्फत संयुक्त राज्य अमेरिका र युरोपमा कोकिन पठाउने अन्तर्राष्ट्रिय कार्टेलहरूको द्रुत प्रसारको बीच हिंसामा डुबेको छ । उदाहरणका लागि हत्याको दर सन् २०१८ मा प्रति एक लाख बासिन्दामा छ बाट बढेर सन् २०२३ मा रेकर्ड ४७ पुगेको छ ।

विशेषज्ञहरूका अनुसार गिरोहहरू निरन्तर परिवर्तन भइरहेका छन् र अपराधबाट हुने मुनाफाले बलियो हुँदै गएका छन् ।

गुयाक्विल गुयास प्रान्तको राजधानी हो । यो सात प्रान्तमध्ये एक हो र यहाँ सरकारले अपराधीहरूसँग लड्दै गर्दा पछिल्लो दुई महिनादेखि आपत्कालीन अवस्था लागू गरेको छ ।

गत महिना राष्ट्रपति डानियल नोबोआले स्पष्ट नगरिएका मित्र राष्ट्रहरूलाई यो लडाइँमा मद्दत गर्न विशेष बलहरू पठाउन अनुरोध गर्ने बताPsf थिP ।

अप्रिल १३ मा नोबोआले वामपन्थी लुइसा गोन्जालेजको सामना गर्ने निर्वाचनका लागि इक्वेडरले तयारी गरिरहेको बेला पनि हिंसा कम भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय