डाेटी / डाेटीकाे बडीकेदार गाउँपालिका २ स्थित खरहर खोलामा पुलकाे लठ्ठा तान्ने क्रममा एक मजदुर लडेर गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा सल्यान जिल्लाकाे सारदा नगरपालिका १३ बस्ने बर्ष २२ का जनक बस्नेत रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज बिहिवार साढे ११ बजेकाे समयमा जगदम्बा शुर्मा सर्विस कम्पनीद्वारा निर्माण भईरहेको झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा उनी लडेर घाइते भएका हुन् । घाइते बस्नेत पुल माथिबाट अन्दाजि २५/३० मिटर तल खस्न गई उनकाे टाउको, हात, खुट्टा, मुख र ढाडमा चोट लागेकाे प्रहरीले जनाएको छ ।
उनलाई पदमा अस्पताल अत्तरिया, कैलालीमा उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके रिफर गरेको छ भने अवस्था गम्भिर रहेकाे डाेटी प्रहरीकाे भनाइ छ ।











