
काठमाडौं / गए राती सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय मापन केन्द्रकाअनुसार बिहान २:५१ जाँदा ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएकाे छ ।
एक बिहानै भूकम्पको शक्तिशाली धक्का महसुस भएसँगै सर्वसाधारण त्रसित छन् । भूकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भइसकेको छैन।
यसअघि गत पुष ५ मा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो।