युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, फागुन १५ गते । बाजुराका अधिकाशं विद्यालयले पछिल्लो समय विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका छन् । विद्यालयमा बालबालिकाहरुलाई खुवाइँदै आएको दिवा खाजा तथा खेलकुद सामग्री खरिद गर्न सहज हुनेगरी पछिल्लो समय विद्यालयले यहाँका अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाउँदै आएका हुन् ।

पहिला तरकारी खेती कसरी गर्ने भन्ने विषयमा हामीलाई केही थाहा हुँदैनथ्यो । अहिले विद्यालयमा पढाइसँगै तरकारी खेतीका बारे सिकाउँदै बुढीनन्दा नगरपालिका –९ ढप्कस्थित सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका कक्षा ५ का छात्रा छाया गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालय वरिपरि धेरै जमिन छ । दुइ वर्षदेखि हामीले त्यो सबै जमिनमा तरकारी लगाउँदै आएका छौं ।” हामी सबै विद्यालयमा बस्छौं । विद्यालयमै खान सुत्नको राम्रो व्यवस्था छ । त्यसैले दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी अहिले हामीले विद्यालयमै तरकारी उत्पादन गर्न थालेको छाैं, गुरुङले भन्नुभयो ।

यहाँको हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका अधिकांश विद्यालयले बालबालिकाहरुको पढाइसँगै विद्यालयमा तरकारी लगाउन सिकाउँदै आएका छन् ।

बालबालिकालाई सानैदेखि आफैंले केही गर्न र उनीहरुको जीवनमा आइपर्ने हरेक बाधा अड्चनलाई सहजरुपमा पार गर्न सकुन् भन्ने उद्देश्यले पछिल्लो समय पढाइसँगै उनीहरुलाई तरकारी लगाउन तथा अन्य उनीहरूलाई जीवनमा आवश्यक पर्ने विभिन्न सीप सिकाउने गरेको सिद्धेश्वरी अनाथ जनजातीय तथा आवासीय आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो।गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय