बाजुरा/ बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका – १ मा भीरबाट लडेर एक जनाको निधन भएकाे छ ।
गाउँ नजिकै माछा मार्न गएका अन्दाजी ४० वर्षीय नृपराज रेग्मीकाे बिहीबार बिहान भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
उक्त घटनाकाे विषयमा बाजुरा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएको छ ।











