सिलगढी / डाेटीमा जिपले ठक्कर दिँदा एक बालिका घाइते भएकी छन् । आज बुधबार दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला रिभर साइड होटल आसपास जिपले ठक्कर दिएर घाइते हुनेमा शिखर नगरपालिका २ मुडे गाउँ बस्ने शंकर पार्कीकी छोरी ९ वर्षीय समिक्षा पार्की रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय डाेटीकाअनुसार के.आई.सिंह राजमार्गमा दिपायल बाट मौवा तर्फ जादै गरेको सु. प.प्र.०१००१ च. ४११८ नं. को जिपले बालिकालाई ठक्कर दिएकाे हाे ।
घाइते बालिकाकाे बायाँ खुट्टामा चोट लागेका कारण उनकाे शैलेश्वरी अस्पताल दिपायलमा उपचार भैरहेकाे छ ।
त्यस्तै जिप र चालक आदर्श गा.पा. वडा नं. ०३ नुवाकोट बस्ने २३ वर्षीय विराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











