डाेटी/ डाेटीमा चार जनाकाे घरमा आगलागी भएकाे छ । जिल्लाकाे सायल गाउँपालिका ३ बेटारा बस्ने पदि बिष्टको ढुङ्गा माटो र काठले बनेको चौपाया बाँध्ने एकतले खरले छाएको घरमा आगलागी भएकाे थियाे । आज आइतबार ८ बजेकाे समयमा छानामा खाना पकाउने क्रममा आगोको झिल्काले खर सल्किन गई नजिकै रहेका क्रमश साेही ठाउँ बस्ने प्रताप बिष्ट, चन्द्र बिष्ट, नर बिष्ट सहित चार जनाको १/१ तले छानामा समेत आगो सल्किएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
आगलागी हुँदा पदी बिष्टको छाना पुर्णरुपमा जली नष्ट भएको छ ।
बाँकी ३ वटा छानामा आंशिक रुपमा जली क्षेती भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट पदि बिष्टको छाना भित्र रहेका २ वटा बाच्छा जली घाईते भएका, मानविय क्षेती केही नभएको जनाएको छ । आगलागी बाट एक लाख चालिस हजार बराबरको क्षति भएकाे छ ।











