युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला, डाेटी
गत वर्ष ओखरका बाेटहरूमा टप वर्किङ परिक्षण सफल भएपछि कृषि ज्ञान केन्द्र डाेटीले जिल्लाका अधिकांश क्षेत्रमा यस वर्ष पनि ओखरमा टप ओर्किङ अभियान सुरू गरेकाे छ।

किसानकाे बारीमा गएर हाडे ओखरमा टप वर्किङ गरि दाते बनाउने अभियान सुरु गरेको कृषि ज्ञान केन्द्र डाेटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,” जिल्लाका विभिन्न पालिकाहरुमा गई कृषकहरूको खेतवारी मै पुगेर टप वर्किङको काम सिकाइरहेका छाैँ ।”

साथै उक्त कार्यका लागि कृषि अनुसन्धान परिषद जुम्ला र सुख्खा फलफूल केन्द्र वैतडिबाट विज्ञ बाेलाइ ओखरमा टप ओर्विङ कार्य संचालन गरिएको अवस्थीले बताउनुभयो ।

निमित्त प्रमुख अवस्थीले थप्नुभयाे,” कृषि क्षेत्रमा कृषि कार्यालयहरुले नविनतम प्रविधिहरुमा जोड दिनु पर्ने हुन्छ।” त्यस्तै आदर्श, सायल, के आई सिंह, पुर्विचौकि जोरायल पालिकामा उक्त कार्य भैरहेकाे छ ।

साथै हाडे ओखरमा टप ओर्किङ गरेर दाते ओखर हुने भएपछि ओखर खेति गर्ने कृषकहरुलाई हर्षित भएका छन् ।

कृषि प्राविधिकहरूकाअनुसार

ओखरमा टप ओर्किङ कार्य मुना पलाउनु भन्दा अघि गरिसक्नु पर्छ । यद्यपि मुना पलाउनु भन्दा पहिला नै गरेपछि टपओर्किङ कार्य सफल हुन्छ । मुना पलाएका तथा नयाँ पालुवा पलाई सकेपछि टप ओर्किङ गर्दा उक्त कार्य प्रभावकारी नहुँने प्राविधिक बताउछन् ।

यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाइ छ । यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ ।

धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन । नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा किसान लाभान्वित हुने छन् ।

नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म हुन्छ । ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । बिजु ओखरको बिरुवाले ५ देखि ६ वर्षबाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ। ओखर खेतिमा पछिल्लो समय यता डाेटीमा किसान निकै आकर्षित  देखिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय