युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी,  । पिठिउँ र हातमा झोला छन् र चाउरी परेको मुहारमा कमाइको लालसा । कहिले भोकभोकै त कहिले प्यासै बाजुराका सरी भण्डारीले धनगढी डुल्दै गरेको कैयौँ दिन भइसक्यो । स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित विकट मेला गाउँका ५० वर्षीय भण्डारी डुल्दै, कमाइ गर्नका लागि तराई झर्नुभएको हो । उहाँसँग झोलाभरि जडीबुटी छन् । बाजुराको हिमाली क्षेत्रमा पाइने विभिन्न प्रकारका जडीबुटी बिक्रीका लागि भण्डारी प्रदेश अस्थायी राजधानी धनगढी पस्नुभएको छ ।

“मेरो गाउँ विकट ठाउँमा हो । पानी नपरेकाले खेतीपाती केही सप्रेन,” भण्डारीले भन्नुभयो, “मरुभूमि जस्तै गाउँको म गुजारा गर्न जडीबुटी लिएर यहाँ आइपुगेको छु ।” उहाँले विगत तीन वर्षदेखि पहाडको जडीबुटी तराईमा बिक्री गर्ने काम गर्दै आउनुभएको छ । बाजुराकै तल्कोटस्थित डाँडाबाट कालीगढले निकालेको जडीबुटी खरिद गरी आफूले तराईमा बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो । “तीन/चार महिनासम्म टोल, गाउँ डुल्दै जडीबुटीको व्यापार गर्ने गरेको छु,” उहाँले थप्नुभयो, “यसले घरगृहस्थी चलाउन र बच्चा पढाउन सम्भव भएको छ ।”

भण्डारीका दुई छोरी र तीन छोरा गरेर पाँच सन्तान छन् । चार महिनासम्म जडीबुटीको व्यापार गर्दा सबै खर्च कटाई ८०/९० हजार मुनाफा हुने गरेको छ । तराईको टोल टोल डुलेर गरेको कमाइले बालबच्चा पढाउन सम्भव भएको उहाँ बताउनुहुन्छ । “हाम्रो १ नम्बर वडा सबैभन्दा विकट हो । एक प्याकेट नुन सय रुपियाँमा किनेर खानु पर्छ,” भण्डारीले भन्नुभयो, “गुजाराको अरू केही उपाय छैन । यहि काम रोजियो ।” उहाँले यार्चागुम्बा, जेठीमधु, शिलाजित, सतुवा, गानान्नो, रगत चाल्नो जस्ता जडीबुटी झोलामा बोकेर डुल्दै बेच्दै आउनुभएको छ । हातगोडाको जोर्नी दुख्ने, कम्मर दुख्ने, ग्यास्टिकलगायतका समस्या ठिक गर्ने जडीबुटी आफूले डुल्दै बिक्री गर्ने गरेको भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका नागरिक गुजाराका लागि भारतमा कमाउन जाने व्रmम बढ्दो छ । अझ बाजुरालगायत पहाडी जिल्लामा त झन् गाउँ नै सुनसान बनाएर मान्छे भारत पलायन हुने गरेका छन् । केही वर्षअघिसम्म भण्डारीको नियति पनि त्यही थियो । १२ वर्षको उमेरमै भारतको उत्तराञ्चलमा मजदुरी गर्न जानुभएका उहाँले १८ वर्ष उतै बिताउनुभयो । ढुङ्गा फुटाउने मजदुर हुँदै ठेकेदारीसमेत गरेको भण्डारीले भारतमा कमाएको धन पटक पटक लुटिएपछि स्वदेश फर्केको जानकारी दिनुभयो । “कमाएको पैसा तीन/चार पटक लुटियो । ठेकेदारी गर्दा पैसा पाएन । २० लाख रुपियाँ भारु ठगिएँ,” उहाँले भन्नुभयो, “दुःख गरेर कमाएको सम्पत्ति लुटिने, ठगिने घटनाले फेरि स्वदेशमै फर्कायो । अब म यहीँ कमाएर गुजारा गर्दै छु ।” गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय