युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको जनाएको छ ।

महाशाखाअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा पहाडी भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। हाल गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आजकाे बुलेटिनमा उल्लेख गर्दै आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरे स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा  हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली साथै देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका  थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय