युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, फागुन ५ गते । बाजुराको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका–६ धिमबोल्डिङवासी पछिल्लो समय बत्ती बाल्न पाउने आसमा रहेका छन् । २०७५ पछि यहाँका स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीको पहुँचमा भए पनि उनीहरू उज्यालोबाट लामो समयदेखि वञ्चित हुँदै आएका थिए ।

हिमाली गाउँपालिकाले यहाँका झन्डै ४५० घरधुरीलाई उज्यालो बनाउने गरेर गाउँमा लाइन विस्तार गर्दै आएपछि उनीहरूको लामो समयपछि बत्ती बाल्ने आस पलाएको हो । अँध्यारो भोग्न बाध्य गाउँलेको अहिले लाइन विस्तार हुँदा केही समयपछि उज्यालो पाउने आस पलाएको हिमाली गाउँपालिका–६ का स्थानीय रत्नलाल रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँका गाउँमा सडक, स्वास्थ्य, शिक्षा र खानेपानीलगायतका विकासको पहुँचमा भए पनि बिजुलीबाट वञ्चित हुँदै आएका थियौँ ।” गाउँपालिकाको प्रयासले गाउँमा बिजुलीको लाइन विस्तार भएसँगै यहाँका स्थानीयले बर्सौंदेखि टुकी बाल्नुपर्ने समस्या हट्ने भएको रावतले बताउनुभयो ।

हिमाली गाउँपालिका बाजुराकै एक विकट पालिका हो । यहाँको एउटा गाउँ अर्को गाउँबाट निकै टाढा रहेका छन् । त्यस्तै गरेर गाउँबस्तीको बिचमा ठुल्ठुला ढुङ्गा र भिरपाखा छन् । गाउँका सहजै विकास गर्न स्थानीय सरकारलाई निकै कठिन छ । तर पनि हिमाली गाउँपालिकाले पछिल्लो समय यहाँका अधिकांश गाउँबस्तीलाई सडक, शिक्षा, स्वास्थ्य तथा खानेपानी पहुँचमा पु¥याएको छ ।

एक महिनाको पैदल यात्रा गरेर दैनिक उपभोग्य सामग्री ढुवानी गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय एक घण्टाको गाडीको यात्रामा ती सामान पाउन थालेका छन् । त्यति मात्र होइन, खोप लगाउन जाँदा दुई÷चार दिन हिँडेर गाउँमा जाने स्वास्थ्यकर्मी अहिले दुई घण्टामा गाउँघर पुग्न थालेका छन् । कुवा, पँधेरा र खोलाको धमिलो पानी खान बाध्य भएका यहाँका स्थानीय पछिल्लो समय धाराको सफा पानी खान थालेका छन् ।

हिमाली गाउँपालिकाले यहाँका १ देखि ७ वडाका अधिकांश गाउँबस्ती खानेपानीको पहुँचमा रहेका छन् । लामो समयदेखि अँध्यारोमा रहेका यहाँका गाउँबस्तीमा पछिल्लो समय पालिकाले झिलिमिली गर्ने योजना अनुसार काम गर्दै आएको छ ।   गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय