
सिलगढी / डोटीकाे जोरायल गाउँपालिका १ गैरा बजार स्थित भिमदत्त राजमार्गमा धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको इभि हाइस दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
आज ( बुधबार ) करिव ३ बजेकाे समयमा सु.प.प्र. ०१ ००१ ज १६६६ नं. को इभी हाइस दुर्घटनामा परी घाइते हुनेमा नाम थर वतन नखुलेकी अन्दाजी २०/२२ महिलाको बाहिरी देखावटी चोट नभएपनि बेहोस अवस्थामा रहेकी छन् । त्यस्तै डोटीकाे शिखर नगरपालिका ८ तिलताली बस्ने ४३ वर्षीय चक्र ब. बलायर पनि घाइते छन् ।
दुर्घटना हाइस सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा अर्काे इभी हाइस अनियन्त्रित भई नालिमा पल्टिएकाे डाेटी प्रहरीले जनाएको छ ।
गाडीमा सवार ८ जना सवारी मध्ये ६ जना सकुशल र निम्न २ जना सवारी घाईते भएकाे प्रहरीले जनाएको छ । घाइतेकाे डडेलधुरा अस्पतालमा उपचार भैरहेको छ ।
गाडी कैलाली धनगढी उपमहानगरपालिका ३ बोराडाँडी बस्ने २६ सुरज बोहराले चलाएको प्रहरीकाे भनाइ छ ।