युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी, । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको काखमा रहेको जाखोर ताल यतिखेर चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–७, देवहरिया वनस्पति उद्यानमा रहेको यो तालमा विभिन्न प्रजातिका रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले जाखोर ताल चरा अवलोकनका लागि महत्वपूर्ण गन्तव्य बनेको हो ।

देहरिया वनस्पति उद्यानमा १२.५ हेक्टर क्षेत्रफलमा फैलिएको जाखोर तालमा हरिहाँस, नकटा, सिलसिले हाँस, बगाले सिम कुखुरा, लामऔँले, कुर्मा, कर्रा साउँरी, जलेवा, बकुल्लालगायत विभिन्न प्रजातिका जलपन्छी देखिने गरेका छन् । चरा अवलोकनका लागि विभिन्न ठाउँबाट चराप्रेमी जाखोर ताल पुग्ने गरेका छन् ।

धनगढी बजारनजिकै रहेको जाखोर तालमा यस वर्ष १७ प्रजातिका जलपन्छी अभिलेख भएको चराविद् एवं अनुसन्धानकर्मी हिरूलाल डङ्गौराले जानकारी दिनुभयो । उहाँले सहरी क्षेत्रमा यो ताल चरा अवलोकनका लागि निकै महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्नुभयो । “बजार क्षेत्रमा बसोबास गर्ने मानिस बिदाको समय बिताउन र ‘स्ट्रेस फ्री’ हुन जाखोर ताल आउने गरेका छन्,” डङ्गौराले भन्नुभयो, “चरा हेरेमा मनमा छुट्टै आनन्द मिल्छ ।”

यो तालमा पछिल्लो समय नेपालमा सङ्कटापन्न नकटा चरासहित सिलसिले हाँसको उपस्थिति निकै राम्रो छ । हाँस जातिको ठुलो नकटा चरा जाखोर तालमा दिनभरि पानीमा आहारविहार गरेको दृश्य आकर्षक देखिन्छ । यसै गरी विभिन्न प्रजातिका चराको आवाजले मन आनन्दित बनाउने गरेको छ । कैलालीमा विभिन्न प्राकृतिक तालमध्ये जाखोर ताल विभिन्न प्रजातिका चरा पाइने महत्वपूर्ण सिमसार रहेको वन अधिकृत लालबहादुर विकले बताउनुभयो । विगतमा जाखोर तालमा चरालाई मन नपर्ने जलकुम्भीलगायत मिचाहा प्रजाति बढी थियो ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय