डाेटी /डाेटीमा एक घरमा आगलागी भएकाे छ । जिल्लाकाे के. आई. सिह गाउँपालिका वडा नम्बर ३ झिँगा बस्ती बस्ने ४० वर्षीय बाजी भुलको दुई तले ४ कोठे ढुङ्गामाटोले बनेको तथा स्लेटले छाएको घरमा आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आज ( आइतबार ) बिहान साढे ९ बजेकाे समयमा भएकाे आगलागीबाट २ लाख ५० हजार बराबरको क्षति भएकाे छ ।
खाना पकाउने क्रममा आगलागी हुदाँ घर र घर भित्र रहेका खाद्यन्न, लत्ता कपडा, काठ, भाडा वर्तन, फर्निचर पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव निरीक्षक कुलविर बाेहराले बताउनुभयो ।
आगलागीबाट मानवीय, चौपाया क्षेति केहि नभएको जनाएको छ ।
आगलागी साढे ११ बजे स्थानीय र प्रहरीले नियन्त्रणमा हाे ।











