
कैलाली / कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ। कैलाली प्रहरीकाअनुसार मृत्यु हुनेमा जिल्लाकाे जोशीपुुर गाउँपालिका सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीकी रहेकी छन् ।
बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियाे । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट रामपती खसेकि हुन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको स्राेतले जनाएको छ ।