
सिलगढी /डाेटी जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय डाेटीअनुसार तीनै जनालाई उनीहरूकाे साथबाट ०.४२० ग्राम खैरो हेरोइन बरामद गरिएकाे छ ।