युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, माघ २३ गते । बाजुराको त्रिवेणी नगरपालिकाका नौ वटा वडामध्ये आठ वडा ग्रामीण सडकको पहुँचमा रहेका छन् । यहाँका स्थानीयको पहिलो प्राथमिकता ग्रामीण सडक भएकोले पालिकाले पनि सोही अनुसार नौ वटै वडा सडक सञ्जालमा जोड्दै आएको हो ।

सो क्रममा वडा नम्बर ९ का पैमा, ताम्सु, बागापाटा, मलालगाउँ, नुवाकोट वडा नम्बर ८ को पन्ताली, ढडाली, गिरीवाडा बम्वाडा, कालापानी, झाल्गाउँ वडा नम्बर–७ का कोसेडी, धाामीवाडा, मालाकोट, उखडेखोला, खिरपाटा लामागडा, वडा नम्बर ६ को वाडगाउँ, भाडवाडा, वाडगाउँ, जारगाउ, च्याउटाला, मिगी, पन्धराधारागाउँ गडीगाउँ, सिम, वडा नम्बर ४ पिपलसैन, जुकेपानी, गाग्रा, अयडीवाडा, ढोगदेना, दानवन, डाँडा, दामवन पारीघर, वडा नम्बर ३ को भण्डारीवाडा, धमेना, सिल्प्यालवाडा, दलित टोल, ठकुरी टोल, वडा नम्बर २ को छतारा, सिम्ला  बुडावाडा, सिग्नेकोट र वडा नम्बर १ को चौसाल, विशाल बजार, बुडावाडा, सल्लेरी, दलित टोल सडक सञ्जालको पहुँचमा छन् ।

त्रिवेणी नगरपालिका नौ वटा वडामा आठ वडाका सबै गाउँ सडक सञ्जालको पहुँचमा रहेको भए पनि वडा नम्बर ५ किम्नीमा अझै सडक पुगेको छैन । गाउँमा पुगेको कच्ची सडकले यहाँका स्थानीयलाई केही सहज बनाएको भए पनि बर्खाको समय ती सडक भत्किने गरेका छन् ।

कच्ची सडकले यहाँका स्थानीय गाउँमा उत्पादन गरेको तरकारी बस्ती बजारसम्म पुर्‍याउन निकै सहज बनाए पनि बर्खामा ती सडक अवरुद्ध हुने गरेकोले अहिले पालिकाले ती सडक बर्खामा पनि सञ्चालन हुने गरेर कालोपत्रेको काम सुरु गरेको त्रिवेणी नगरपालिकाले जनाएको छ ।

विगतका केही वर्षदेखि यहाँ सडक पुर्‍याउने काम भएको भए पनि भौगोलिक विकटताका कारण अझै त्यहाँको गाउँमा सडक पुर्‍याउन नसकेको त्रिवेणी नगरपालिकाका नगर उपप्रमुख कमला न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “किम्नीको गाउँमा पनि  यो वर्ष सडक सञ्जालको पहुँचमा हुन्छ । त्यसका लागि अहिले हामीले निरन्तर काम गरिरहेका छाँै ।”

यहाँका अन्य वडामा पहिला नै गाडी गुड्न थालेकोले अहिले ती सडकको कालोपत्रेका काम सुरु गरिएको हो । अहिले नगरपालिकाको चिरो प्वाइन्टदेखि तोलीसम्मको १५ सय मिटर सडकको कालोपत्रेको काम सुरु भएको छ ।

सङ्घीय सघन सहरीबाट १० करोड रुपियाँमा अहिले यहाँको नगरपालिकादेखि तोली जाने सडकमा झन्डै १५ सय मिटर कालोपत्रे र त्रिवेणी–९ को वडा कार्यालय निर्माण हुने नगर उपप्रमुख न्यौपानेले बताउनुभयो ।  गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय