डोटी । डोटीको सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
आज (मंगलबार ) बिहान करिब साढे ११ बजेकाे समयमा शिखर नगरपालिका–७ बोक्टाका ४८ वर्षीय देवबहादुर खत्री शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा डुबेका हुन्।
नदीमा डुबेको अवस्थामा रहेका खत्रीलाई उनका भाइ शेरबहादुर खत्री र प्रहरी चौकी तिलतालीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि तत्काल जिल्ला अस्पताल डोटी पुर्याएको थियाे
डुबेर गम्भीर घाइते भएका खत्रीलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।










