कैलाली /कैलाली जिल्लाको गौरीगंगा नगरपालिका १० उदासीपुरमा एक कुखुरा फर्ममा आगलागी भएको छ। मंगलबार साेही ठाउँका ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा आगलागी भएको कैलाली प्रहरी स्राेतले जनाएको छ ।
उक्त आगलागीबाट अन्दाजी १ लाख ५७ हजार ३ सय बराबरको क्षति भएकाे छ ।
आगलागी हुँदा फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामान गरी जलेर नष्ट भएका छन् ।
आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।











