सिलगढी / डाेटीमा दुईवटा जिप एकआपसमा जुधेका छन् ।
जिल्लाकाे जोरायल गाउँपालिका २ घट्टेखोला स्थित भिम दत्त राजमार्गमा धनगढी बाट दिपायल तर्फ आइरहेकाे चालक जिल्ला डडेल्धुरा आलिताल गाउँपालिका ८ गोदाम २१ नविन बोहराले चलाएको सु.प.प्र. ०१००१ च २५९१ नं. को जिप र विपरित दिशा बाट आई रहेको चालक जिल्ला डोटी जोरायल गाउँपालिका २ धारापानी का २१ वर्षीय जित बहादुर कुवँरले चलाएको से १ ज ४१५ नं. को जिप एक आपसमा ठोक्किएका हुन् ।
दुवै जिपकाे अगाडी पट्टीको भागमा क्षेती भएको छ । जिप आज साँझ पाैनी ८ बजे ठाेक्किएका र मानविय क्षति केहि नभएको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।
चालक र सवारी साधानहरु प्रहरी नियन्त्रणमा लिएकाे डाेटी प्रहरीले जनाएको छ ।











