कैलाली / कैलालीकाे एक हाेटलमा अनैतिक क्रियाकलाप गरेकाे भन्दै प्रहरीले एक जाेडीलाई पक्राउ गरेकाे छ।
जिल्लाकाे गाेदावरी नगरपालिका-२ अत्तरियाकाे पहाड राेडमा अबस्थित १ नम्बर गल्लीमा कलावती साउदले सञ्चालन गरेकाे कल्पना हाेटलबाट गएराति अनैतिक क्रियाकलापमा संलग्न जाेडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीकाअनुसार अनैतिक क्रियाकलापमा संलग्न पक्राउ पर्नेमा बझाङकाे छविसपाथिभेरा गाउँपालिका-५ का ४० वर्षीय मिनबहादुर धामी र बुंगल नगरपालिका-२ बस्ने ३५ वर्षीय लिला बाेहरा रहेका छन् ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीकाे टाेलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ।











