
सिलगढी / डोटीमा करिब साढे ११ हजार किशोरीहरुलाई ‘एचपिभी’ खोप लगाईने भएको छ । जिल्लाका करिब ११ हजार ४८७ किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपिभी’ खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएकाे छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीकाअनुसार खाेप यहि माघ २२ गते देखि फागुन २८ गते सम्म १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई उक्त खोप लगाउने बताउनुभयो ।
उहाँले भन्नुभयो,” विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमा र अन्य विद्यालय बाहिरका किशोरीहरूलाई स्वास्थ्य संस्था, विद्यालय र अन्य स्थानहरूमा खोप लगाइने छ।”