सिलगढी / डाेटीकाे बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा वढा नम्बर ७ चवराचौतारामा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो ।
बोगटान फुड्सिल आँखा उपचार केन्द्रको सोमबाट एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे हाे ।
नागरिकले गाउँपालिकामै आँखा उपचार पाउनुपर्ने हेतुले च्यारिटी हेल्थ फाउन्डेसनको सहयोगमा उपचार केन्द्रको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनुभयाे । उपचार केन्द्र स्थापना भएसँगै स्थानीय बासिन्दाहरूको आँखामा देखिएको सामान्य समस्यामा लागि पनि बाहिर जानु पर्ने बाध्यता हट्ने अध्यक्ष गड्सिलाले बताउनुभयो ।
बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँमै समयमै आँखाको उपचार सुविधा पुर्याउने उद्देश्यले आँखा उपचार केन्द्र स्थापना गरिएको च्यारिटी हेल्थ फाउन्डेसनकाे भनाइ छ ।











