कैलाली / कैलालीकाे धनगढीमा कैँची प्रहार गरी आफ्नै सहोदर भाईले दाजुको हत्या गरेका छन । शनिबार राती घरायसी विवादका क्रममा आफ्नै भाईले कैँची प्रहार गर्दा
धनगढी उपमहानगरपालिका –१७ दिपनगर टोल बस्ने प्रकाश बाेहराले सहाेदर दाइ लालबहादुर बोहरामाथि कैँची प्राहर गर्दा दाजुकाे मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
बाेहराले दाइमाथि कुटपिट गर्दै घाँटीमा कैँची प्रहार गरेका थिए । कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पु-याइएको र उपचारका क्रममा उनकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।
मृतक बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । प्रकाशलाई प्रहरीले पक्राउ गरेकाे छ ।











