
सिलगढी / डाेटीमा माेटरसाइकल दुर्घटनामा परी चालकसहित दुई जना घाइते भएका छन् ।
जिल्लाकाे जोरायल गाउँपालिका १ घोरडी स्थित भिमदत्त राजमार्गमा डडेल्धुरा बाट धनगढी तर्फ जाँदै गरेको माेटरसाइकल दुर्घटना परी
डडेल्धुराकाे अमरगढी नगरपालिका २ का २२ वर्षीय चालक अंकित शाह र पछाडि सवार साेही ठाउँका १९ को डार्विन रावल घाइते भएका जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
अंकितकाे मुख र खुट्टामा चोट लागेकाे र डार्विनकाे ढाडमा चोट लागेकाे छ । दुबैको अवस्था सामान्य रहेकाे डाेटी प्रहरीले जानकारी दिएकाे छ । उनीहरूकाे स्थानिय स्वास्थ्य चौकी गैरामा उपचार भैरहेको छ ।
आज ( बिहीबार ) दिउँसो करिव ३ बजेकाे समयमा अंकितले चलाएकाे से ६ प ९४३९ नं. को माेटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको बसलाई साईड दिने क्रममा माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताउनुभयाे ।
माेटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसेकाे प्रहरीले जनाएको छ ।